Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ विद्युतीय गाडी

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ विद्युतीय गाडी

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । ‘सगरमाथा संवाद’ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरूप प्रदान गरेको छ ।

नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको सगरमाथा संवाद’ कार्यक्रमका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक विशेष समारोहमार्फत ती गाडीहरू परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री डा. राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिइन् । उनले भनिन्, ‘जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।’

मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077