Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

वर्षमानलाई प्रधानमन्त्री ओलीको जवाफ – आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन

वर्षमानलाई प्रधानमन्त्री ओलीको जवाफ – आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवादसँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन। पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो।’ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले बैठकमा सरकारले आसेपासे पुँजीवादलाई प्रसय दिएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077