Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमाले चौरपाटीको अधिवेशन सोमबार, अध्यक्ष पदमा चारजना आकांक्षी

एमाले चौरपाटीको अधिवेशन सोमबार, अध्यक्ष पदमा चारजना आकांक्षी

आइतवार , बैशाख २८, २०८२

अछाम । नेकपा एमाले अछामको जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि अब स्थानीय तहमा नेतृत्व परिवर्तनको दौडले तीव्रता लिएको छ ।

यही सिलसिलामा चौरपाटी गाउँपालिकाको गाउँ अधिवेशन यही सोमबार हुँदैछ, जसको उद्घाटन पार्टीका केन्द्रीय सदस्य कमल तिमिल्सिनाले गर्ने पक्का भएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको एमाले चौरपाटीले जनाएको छ । नयाँ नेतृत्व चयनको प्रक्रियाले एमालेको चौरपाटी राजनीति थप रोचक बनाएको छ । अध्यक्ष पदको दौडमा चार प्रभावशाली नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ, जसले अधिवेशनलाई अझ चासोको विषय बनाएको छ ।

हालका अध्यक्ष झंकर बहादुर साउँद पुनः नेतृत्वमा फर्किन चाहन्छन् । उनले कठिन परिस्थितिमा संगठन जोगाएको दाबी गर्दै जनाधार अझै पनि आफ्नो पक्षमा रहेको विश्वास व्यक्त गरेका छन् ।

अर्कोतर्फ, उपाध्यक्ष प्रेम खड्का पनि स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनले लामो समयदेखि संगठनमा समर्पित भएर काम गर्दै आएको अनुभवलाई आधार बनाउँदै अध्यक्षको भूमिका सम्हाल्ने तयारी गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष बिरेन्द्र बहादुर साउँद पनि अध्यक्ष पदमा सशक्त दाबी गर्दै अगाडि बढेका छन् । उनी युवा पुस्ताको प्रतिनिधित्व गर्दै नयाँ ऊर्जा र दृष्टिकोणका साथ नेतृत्वमा आउने बेला आएको तर्क गर्छन् । बिरेन्द्रले संकटको समयमा एमालेको वडा नम्बर ३ मा मजबुत उपस्थिति बनाएको अनुभव बोकेका छन् ।

यस्तै, वडा नम्बर ७ का वडाध्यक्ष ललित बोगटीले पनि अध्यक्ष पदमा दृढ दाबी पेस गरेका छन् । उनी पनि संगठनमा लामो समयदेखि सक्रिय रुपमा लागेका नेता हुन् ।

अध्यक्षमा चार जनाले दाबी गरे पनि सर्वसम्मत रुपमा नेतृत्व छान्ने प्रयास गरिने छ । यद्धपि सर्वसम्मत नेतृत्वको सर्वत्र विरोध हुँदै आएको छ । जिल्ला अधिवेशनमा पनि सर्वसम्मत रुपमा नेतृत्व छानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077