काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
कमल थापा तीन वर्षभन्दा बढीको अन्तरालपछि आइतबार राप्रपा पार्टी कार्यालय, धुम्बाराही पुगेका हुन् ।
२०७८ सालको मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए ।
महाधिवेशनअघि अध्यक्षका हैसियतले थापा मंसिर १५ गते अबेर रातिसम्म कार्यालयमै तयारीमा सक्रिय थिए। तर पराजयपछि उनी पार्टी कार्यालय नफर्किएका थिएनन् ।
थापा महाधिवेशनपछि पार्टीको आन्तरिक मतभेद र अन्य कारणले कार्यालय नआएको भए पनि अब राजसंस्थाको पुनःस्थापनाका लागि घोषित संयुक्त जनआन्दोलनको सन्दर्भमा आन्दोलन तयारी बैठकमा सहभागी हुन ३ वर्ष ६ महिनापछि पार्टी कार्यालय पुगेका हुन् ।
सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई स्वागत गरेका थिए ।