Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गभर्नरमा अर्बौँको चलखेल हुँदा काबिल अर्थशास्त्री गुणाकरलाई फालियो : स्वर्णिम वाग्ले

गभर्नरमा अर्बौँको चलखेल हुँदा काबिल अर्थशास्त्री गुणाकरलाई फालियो : स्वर्णिम वाग्ले

आइतवार , बैशाख २८, २०८२

नवलपरासी । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्बौँको चलखेल भइरहेको आरोप लगाएका छन् ।

शनिवार पूर्वी नवलपरासीमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति वाग्लेले बिचौलियाको इसारामा अक्षम गभर्नर ल्याएर वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले उद्यत देखिएको आरोप लगाएका हुन् ।

बिचौलियाको इसारामा असक्षम गभर्नर ल्याउने तयारी भइरहेको दाबी गरेका हुन् । नियमअनुसार राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट गभर्नर भइसक्ने उनले बताए ।

‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे,’ उनले भने,‘उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गभर्नर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।’

गभर्नर नियुक्ति दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको हातमा नरहेको देखिएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077