Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

'डीएनए चेक'को नाममा फेल गराइयो, खल्तीका 'एसमेन'लाई नेतृत्व दिइयो : डिबी साउँद

'डीएनए चेक'को नाममा फेल गराइयो, खल्तीका 'एसमेन'लाई नेतृत्व दिइयो : डिबी साउँद

सोमवार , बैशाख २९, २०८२

अछाम । नेकपा एमाले अछामका युवा नेता डिबी साउँदले जिल्ला अधिवेशनमा योग्य नेताहरूलाई पन्छाउँदै खल्तीका पात्रहरूलाई नेतृत्व सुम्पिएको बताएका छन् ।

आइतबार बान्नीगढी गाउँपालिकाको दोस्रो गाउँपालिका अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै साउँदले यस्तो बताएका हुन् । उनले युवाहरूको योगदानलाई बेवास्ता गर्दै 'खल्तिका एस मेनहरू' लाई जिम्मेवारी बाँडिएको आरोप लगाए ।

'नेतृत्वको दाबी गर्दा ‘डीएनए चेक’ गराएर अस्वीकृत गरियो,' नेता साउँदले आक्रोश व्यक्त गर्दै भने, 'हामीले संगठनको लागि के गरेनौं ? तर अधिवेशनमा सर्बसम्मतिको नाममा आफ्ना निकट व्यक्तिहरूलाई मात्र अवसर दिइयो।'

साउँद नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष, जिल्ला सचिव भइसकेका, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका सदस्य तथा प्रदेश कमिटी सचिवालय सदस्यको रूपमा समेत काम गरिसकेका नेता हुन् ।

उनले पार्टीभित्र योग्य, सक्षम र समर्पित कार्यकर्ताको मूल्यांकन हुनुको सट्टा नजिकका पात्रहरूलाई प्राथमिकता दिने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने चेतावनी दिए ।

'नेतृत्वमा व्यक्तित्व होइन, पहुँच प्राथमिक हुन थालेको छ,' उनले भने, 'यसले पार्टीभित्र असन्तोष र क्षमतावान कार्यकर्ताको निरुत्साह पैदा गरिरहेको छ।'

यसअघि वैशाख १६ गते नेकपा एमाले अछाम जिल्ला कमिटीको ९औं जिल्ला अधिवेशनबाट शिव प्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको थियो । केही नेताहरुले चुनावी प्रक्रियाबाट नेतृत्व छानिनु पर्ने माग गरेका थिए । तर सर्वसम्मत रुपमा नेतृत्व टुंगो लगाइएको छ ।

त्यसपछि जिल्लाका केही सक्रिय नेताहरु विरोध गरिरहेका छन् । उनीहरु टिके प्रथा अन्त्य हुनुपर्ने माग गर्दै आएका छन् । सोही प्रवृत्ति अहिले गाउँ कमिटीको नेतृत्व छनोटमा पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077