Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार हुन् : प्रधानमन्त्री

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार हुन् : प्रधानमन्त्री

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार भएको बताएका छन् ।

२५ सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरे ।

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।’

उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077