काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् ।
सर्वनासकका हतियारहरुको निर्माण गरेर त्यसको थुप्रो लगाउने काम भइरहेको बताए ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भएको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसबाट उन्मूक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्छ र काम गर्नुपर्दछ ।’
उपदेशमार्फत् बुद्धले दिनुभएको शिक्षा विश्वका लागि महत्त्वपूर्ण भएको बताए ।
ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि रहेको बताए ।