काठमाडौं । मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन्।
पीडितहरू लामिछाने भेट्न आज रुपन्देही जिल्ला कारागार पुगेका थिए। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न अनुरोध गरेका छन् ।
मिटरब्याज पीडितहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको बताएका थिए। जवाफमा लामिछानेले भने, ‘धैर्य गर्नुस्, न्याय मिल्छ’
देशकै लागि लड्नेहरू थुनिनुपरेको भन्दै लामिछानेले धनी र गरिबबीचको लडाइँ लामो चल्ने बताएका थिए।