Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

कांग्रेस-एमालेसँग गठबन्धन गर्दा बेइमानी गरे, अब अरुको बैशाखी टेक्दैनौं : प्रचण्ड

कांग्रेस-एमालेसँग गठबन्धन गर्दा बेइमानी गरे, अब अरुको बैशाखी टेक्दैनौं : प्रचण्ड

सोमवार , बैशाख २९, २०८२

वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबका निर्वाचनमा अरुका बैशाखी नटेक्ने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्‍घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताए ।

‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं। विगतका निर्वाचनमा हामीले कांग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौं। तर, उनीहरूले बेइमानी गरे,' उनले भने ।

माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077