Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन्, अब हामी केन्द्रित भएर जानुपर्छ : प्रधानमन्त्री

बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन्, अब हामी केन्द्रित भएर जानुपर्छ : प्रधानमन्त्री

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् ।

छब्बीस सय ४९ औं बुद्धजयन्तीका अवसरमा मंगलबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६६९ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077