Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्ने लागेको हो ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077