Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

मन्त्रीको टुंगो लगाउन सुदूरपश्चिममा नाउपाको संसदीय दलको बैठक बस्दै

मन्त्रीको टुंगो लगाउन सुदूरपश्चिममा नाउपाको संसदीय दलको बैठक बस्दै

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ ।

दलका नेता घनश्याम चौधरीले रिक्त रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।

नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । उनका अनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ ।

तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।

१६ चैतमा चौधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन् ।

नाउपाको सिफारिसका आधारमा मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077