काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।