काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।
पत्रमा उनले लेखेकी छन्, 'राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
जनमत पार्टीले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिएका छन् ।