Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नागढुंगा-मुग्लिन सडकको काम कछुवातालमा भइरहेको छ : डोलप्रसाद अर्याल

नागढुंगा-मुग्लिन सडकको काम कछुवातालमा भइरहेको छ : डोलप्रसाद अर्याल

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुनसक्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरु हवाइजहाज र हेलिकप्टरहरुमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन। नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ। यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीहरुसँग छलफल र संवाद गरेर तीन सिफ्टमा कामगरी बर्खा अगावै जोखिम कम हुनेगरी काग गराउन सरकारसँगको गम्भीर ध्यानाकर्षण गराउँछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077