Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सांसद दीपक गिरीले भने - सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

सांसद दीपक गिरीले भने - सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

मंगलवार , बैशाख ३०, २०८२

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै गिरीले सबैतिर अन्योल र अलमल रहेको अवस्थामा सरकारको ध्यान गभर्नर नियुक्तिमै रहेको टिप्पणी गरेका हुन् ।

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएको दुई महिना हुन लागिसक्दा पनि सरकारले नयाँ नियुक्ति गर्न नसकेको सन्दर्भमा गिरीले यस्तो बताएका हुन् ।

उनले भने, भर्खरै नीति तथा कार्यक्रम बहुमतबाट पास भएको छ । सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त छ । कुलिङ पिरियड २ वर्ष कि ३ वर्ष भन्नेमा अन्यौल छ ।’

२०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी गत चैत २२ गतदेखि औपचारिक रूपमा बिदा भइसकेका छन् ।

उनी बिदा हुनुअघि गभर्नर नियुक्त गर्नुपर्नेमा कांग्रेस र एमाले मिलेर बनेको सरकार अलमलमा परेपछि सत्तारुढबाटै विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077