काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले पिछडा वर्ग महासंघ (ओबीसी)को आन्दोलन र मागलाई वास्ता नगरेको गुनासो गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन ।
नेपाल पिछडा वर्ग महासंघ ५८ दिनदेखि निरन्तर आन्दोलनमा रहेको तर, उनीहरूको मागलाई सरकारले वास्ता नगरेको बताए ।
उनले भने, ‘पिछडा वर्ग महासंघ १९ फागुन २०८१ देखि आन्दोलनमा छ । ५८ दिनदेखि आन्दोलन, धर्ना, प्रदर्शन विभिन्न ठाउँमा गर्दा पनि राज्यले हेरेको छैन ।’
सांसद खानका अनुसार पिछडा वर्गले ओबीसी आयोग गठन, ओबीसीलाई आरक्षण र कर्मचारी नियुक्ति सहितका माग राखेका छन् ।
यो विषयमा ध्यान दिन सरकारलाई उनको आग्रह छ ।