Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सगरमाथा संवादमा साइडलाइन भेटवार्ता हुने

सगरमाथा संवादमा साइडलाइन भेटवार्ता हुने

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संवाद व्यवस्थापन समितिको संयोजक समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले यस्तो जानकारी गराएकी हुन् ।

‘जलवायु परिवर्तन,पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।

परराष्ट्रमन्त्री राणाका अनुसार १० वटा प्रि संवाद कार्यक्रमलगायतको तयारी पूरा भइसकेको छ।

तीन दिनसम्म सञ्चालन हुने यस संवाद विभिन्न सेसनमा चल्नेछ। काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको उनले बताइन्।

संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनेछन्।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय पाहुनाहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाटलगायत समकक्षी मन्त्रीज्यूसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको छ।

संवादमा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलहरू एकअर्काबीच भेटघाट गर्न चाहेमा त्यसको पनि व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077