Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

चन्दा उठाएर पार्टी कार्यालय बनाउन सकिदैन : प्रधानमन्त्री ओली

चन्दा उठाएर पार्टी कार्यालय बनाउन सकिदैन : प्रधानमन्त्री ओली

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘हाम्रो (नेकपा एमाले) पार्टी कार्यालय एक–एक रुपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए । त्यो एक रुपैयाँ कहाँबाट साटेर ल्याउने ? अहिले त त्यो एक रुपैयाँ साट्नै पाइँदैन, मुस्किलले साट्न पाइन्छ ।’

एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तपुर नगरपालिकामा निस्शुल्क जग्गा लिएर नयाँ भवन बनाउन खोजेको थियो ।

तर, विवादित व्यवसायीबाट जग्गा दानमा लिएर भवन बनाउन नहुने एमालेकै कार्यकर्ताहरुले जिकिर गरेका थिए ।

उनीहरूले बरू एक एक रूपैयाँ चन्दा लिएर एमालेको केन्द्रीय कार्यालय बनाउन अभियान चलाउने भन्दै मीनबहादुरबाट जग्गा लिने निर्णयको विरोध गरेका थिए ।

एमालेले अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट कार्यालय चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077