Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

कमल थापाले भने - आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्

कमल थापाले भने - आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरेका छन् ।

उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी , योजनाबद्ध भैरहेको धर्मपरिवर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगति चाहन्छौँ । राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौँ ।’

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077