काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको गाडी अब त्रिशूलीमा नखस्ने बताएका छन् ।
बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओरालो लागेको अर्थतन्त्रलाई आफूले लयमा ल्याएको बताउँदै उनले पहिलेजति राज्यको ढुकुटीमा पैसा नभएपनि थालेका काम पूरा गरेर छाड्ने बताएका थिए ।