लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
अधिवेशन प्रारम्भको अवसरमा आजको बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।