Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधवार , जेठ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बुधबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्य नियुक्त गर्ने संभावना रहेको छ।

उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ। राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।

सोही समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बताइएको छ।

दुई दलीय भागबण्डामा गभर्नर कांग्रेसले लिने समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077