काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई अघि बढेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासमा सुनुवाई भइरहेको छ।
लामिछानले बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बर निवेदन दिएका हुन्।
दुवै मुद्दामा एकैपटक सुनुवाई हुन लागेको हो। यसअघि तीन पटकसम्म उनको मुद्दा हेर्न नमिल्नेमा परेको थियो।
जिबी राईको समूहले चलाएको सहकारीमा आफ्नो कुनै सम्बन्ध नभएपनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी लामिछानेको छ।
लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक हुँदा सहकारीबाट आएको रकम दुरुपयोग गर्न सघाएको अभियोग उनीमाथि लगाइएको छ।
उच्च अदालतको आदेशपछि उनी भैरहवा कारागारमा छन् ।