Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माया राईको बयान सुरु

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माया राईको बयान सुरु

बुधवार , जेठ १, २०८२

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईको अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा सांसद राईको बयान सुरु भएको हो ।

बयान सकिएपछि थुनछेक बसह हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख र धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदन अनुसार सांसद राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईसमेतका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन दर्ता भएको हो ।

राई सहकारीको सहसचिव हुँदा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077