काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले सबै तहका संरचनाहरु घटाउनु पर्ने बताएका छन् ।
स्थानीय तहदेखि केन्द्रसम्म पुनर्संरचना आवश्यक रहेको बताए ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै बस्नेतले वडा तहमा तीन सदस्य, प्रदेशमा पाँच मन्त्री र केन्द्रमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदमात्र रहने गरी पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
उनले भने, ‘सबै तहका संरचनाहरु, स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनुपर्छ । हाम्रो वडा तहमा पनि पाँच जना वडा सदस्य काम छैन, तीन जना भए पुग्छ । दलित, महिला र एक जना, तीन जना भए पुग्छ ।’
उनले सांसदहरुको भत्ता समेत घटाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘प्रदेशमा पनि संरचना घटाउनुपर्यो, पाँच जना मन्त्री भए पुग्छ । संघीय संसदमा पनि । डाइरेक्ट जो पार्लियामेन्ट मेम्बर छन्, प्रतिनिधि सभामा बस्छन् । जो समानुपातिक वाला छ, राष्ट्रिय सभामा बस्नुपर्यो । त्यसको पनि संरचना घटाउनुपर्यो ।’