Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सीके राउतले भने - ढलान बनाउने काम संघीय सरकारको होइन

सीके राउतले भने - ढलान बनाउने काम संघीय सरकारको होइन

बुधवार , जेठ १, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले प्रदेश र स्थानीय तहलाई बलियो बनाउन यस्तो माग गरेका हुन् ।

उनले भने, ‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ । यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन । विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन ।’

स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077