Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री भेटन मोबाइल निषेध

कोशीका मुख्यमन्त्री भेटन मोबाइल निषेध

बुधवार , जेठ १, २०८२

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल निषेध गरिएको छ ।

मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो ।

मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकलाई अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ । यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् ।

मुख्यमन्त्री कार्कीको यो कदमलाई कतिपयले प्रदेश सरकारको कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्न गरिएको पहलका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077