काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने–‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’
सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए ।