काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गणतन्त्र दिवससँग जुधेको भन्दै वार्षिक बजेट ल्याउने दिन परिवर्तन गर्न माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद निधिले यस्तो माग गरेका हुन् ।
उनले गणतन्त्र दिवसकै दिन जेठ १५ बजेट ल्याउने संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।
‘जेठ १५ गते हाम्रो महत्वपूर्ण गणतन्त्र दिवस छ, अर्को कामकाजी दिन बजेट ल्याउने दिन पनि पर्छ । बजेट ल्याउने कुरा संशोधन गरियोस्’ निधिले भने ।