काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रदेशमा चार मन्त्रीमात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खतिवडा यस्तो प्रस्ताव राखेका हुन् ।
''प्रदेशमा एउटा मुख्यमन्त्री, चारजना मन्त्रीभन्दा बढी नराख्ने व्यवस्थाको सुरुवात गरौँ,” उनले भने ।
उनले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सल्लाहकार नियुक्ति गर्ने बहानामा राज्यको सम्पत्ति दोहन भइरहेको बताए ।