काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भन्दै प्रश्न गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले पार्टी कार्यकर्ताकै भर्ना गर्नुपर्ने हो ? भन्दै प्रश्न सोधे ।
“डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,” उनले भने ।
सरकारलाई ऐन उल्लंघनको छुट नभएको उको भनाइ छ ।