Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्रीले पठाए पुटिनलाई नेपाल भ्रमणको निम्तो, रुसी सेनामा नेपालीको भर्ना तत्काल रोक्न आग्रह

प्रधानमन्त्रीले पठाए पुटिनलाई नेपाल भ्रमणको निम्तो, रुसी सेनामा नेपालीको भर्ना तत्काल रोक्न आग्रह

बिहिवार , जेठ २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गत कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री ओलीले उक्त विषय उठाएका हुन्।

भेटका अवसरमा महासङ्घ अन्तर्गतको काल्मिकियाका प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका थिए।

सोही अवसरमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति पुटिनका लागि भ्रमणको निम्तो पठाएका हुन्।

यसैबीच प्रधानमन्त्री ओलीले रुसी सेनामा नेपाली नागरिकहरूको भर्ना प्रक्रिया तत्काल रोक्न रुसी सरकारसमक्ष आग्रह गरेका छन्।

उनले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नरहेको स्पष्ट पार्दै राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यो सन्देश पुर्‍याइदिन रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रुसी सेनामा नेपालीहरूको भर्ना नेपालको स्थापित मान्यता र दुई देशबीचको सम्झौताविपरीत भएकोतर्फ ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रमुख कासिकोभले अब उप्रान्त रुसी सेनामा नेपालीहरूको भर्ना नगरिने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले प्रधानमन्त्री ओलीको सन्देश राष्ट्रपति पुटिनसमक्ष पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077