Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ ।

अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेलविरुद्ध नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट पेश गरेका थिए ।

तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ बताइएको छ ।

सर्वोच्चले रिट दरपिठ गरेसँगै डा. पौडेललाई भने गभर्नर बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077