Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि र छविले पेशीको जानकारी पत्र बुझ्न नमानेपछि कारण मगाएर मिसिलमा राख्न आदेश

रवि र छविले पेशीको जानकारी पत्र बुझ्न नमानेपछि कारण मगाएर मिसिलमा राख्न आदेश

आइतवार , जेठ ५, २०८२

पोखरा । सूर्यदर्शन सहकारी प्रकरणमा उच्च अदालत पोखरामा पेशीको सुनुवाइ भइरहेको जानकारी दिइएकोमा रवि लामिछाने र छविलाल जोशीले पेशी बुझ्न अस्वीकार गर्दै हस्ताक्षर गर्न इन्कार गरेका छन् ।

रवि र छविका अधिवक्ताले शुक्रबार रविलाई जानकारी नै नदिई पेशी तोकिएको भन्दै सुनुवाइ स्थगित गर्न माग गरेका थिए ।

४ पटकसम्म पेशी सारेर पाँचौं पटक पनि स्थगित गर्न माग गरेकोमा मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले सुनुवाइ अगाडि बढाएको थियो ।

निवेदनउपर अहिलेसम्म रवि, छवि र रामबहादुरको तर्फबाट ३ पटक र सरकारी वकिलको कार्यालयबाट १ पटक पेशी स्थगित भइसकेको छ ।

शुक्रबारको इजलासले रविलाई पेशी छिटो जानकारी गराउन आदेश गर्दै आइतबारका लागि हेर्दाहेर्दैमा राखेको थियो । रवि र छविले आइतबार बिहान ११ बजेसम्म पेशीको सुनुवाइ भइरहेको जानकारी पठाएको पत्र नै बुझ्न इन्कार गर्दै हस्ताक्षर गरेनन् । यसपछि उच्च अदालतले कारण पेश गर्न आदेश गरेको छ ।

आदेशमा पेशीको जानकारी पत्रमा हस्ताक्षर नगर्नुको कारणसहित प्रतिवेदनसहित जानकारी गराउन भनिएको छ भने पेशीको जानकारी उनीहरूलाई भएको भए प्रतिवादीले बुझेको भरपाइसहित मिसिलमा राख्न आदेश भएको छ ।

आजको आदेशमा भनिएको छ–‘२०८२र०२र०४ गते बिहान ११।०० बजेसम्म निज प्रतिवादीहरूको हस्ताक्षर नभएको भन्ने व्यहोरा उल्लेख भएको देखिँदा निज प्रतिवादीहरूले यस अदालतबाट पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको कारण सो हस्ताक्षर नभएको हो, वा अन्य के व्यहोराबाट हस्ताक्षर नभएको हो रु सोही व्यहोराको प्रतिवेदन सहितको जानकारी गराउनू, र पेसीको जानकारी निज प्रतिवादीहरूले बुझेको भए भरपाइ पठाइदिनु भनी कारागार कार्यालय, रुपन्देहीमा लेखी पठाइ प्राप्त भएपछि मिसिल सामेल राख्नू,’ आइतबारको आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077