Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज हुने सुनुवाइ स्थगित

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज हुने सुनुवाइ स्थगित

बुधवार , जेठ ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनी सुनुवाइ नहुने भएको छ ।

लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन नसक्ने भएको हो ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।

तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।

रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा.नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।

सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति तोकेको छैन ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077