काठमाडौं । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादी धाराहरूबीच पुनः एकताको खाँचो रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्नेमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पटक–पटक विभाजित हुँदा माओवादी पार्टी कमजोर बनेको बताए ।
विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले आगामी जेठ १२ गते माओवादी र नेपा राष्ट्रिय पार्टीबीच एकता हुने जानकारी गराए । \
बाबुराम भट्टराईसँग अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।
विगतमा केही कमजोरी भएको आत्मसमीक्षासहित आफू आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेट्दै र पिर मर्का बुझ्दै हिँडेको प्रचण्डले जिकिर गरे ।