Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपचार गर्न काठमाडौं ल्याउँदै गर्दा जहाजमै बेहोस भएकी बिरामीको मृत्यु

उपचार गर्न काठमाडौं ल्याउँदै गर्दा जहाजमै बेहोस भएकी बिरामीको मृत्यु

बुधवार , जेठ ८, २०८२

काठमाडौं । उपचारका लागि जहाजमा काठमाडौं ल्याउँदै गर्दा बिरामीको मृत्यु भएको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

उनका श्रीमान् जंग बहादुर चौधरीले उपचारका लागि सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं ल्याउँदै थिए । त्यसैक्रममा स्वास्थ्यमा समस्या देखिएकी चौधरी जहाजमै बेहोस भएकी थिइन् ।

उपचारका लागि केएमसी अस्पताल पुर्‍याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

चौधरीको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077