Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

वैज्ञानिक महावीर पुनले भने–दिउसै रात पार्ने पापी ऊर्जामन्त्री खड्कालाई नहटाए देश डुब्छ

वैज्ञानिक महावीर पुनले भने–दिउसै रात पार्ने पापी ऊर्जामन्त्री खड्कालाई नहटाए देश डुब्छ

बुधवार , जेठ ८, २०८२

काठमाडौं । सामाजिक अभियन्तासमेत रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई पदबाट हटाइनुपर्ने माग गरेका छन्।

मन्त्री खड्कालाई पदबाट नहटाउने हो भने ‘देश डुब्ने’ भन्दै उनले प्रधानमन्त्री ओली खड्कालाई हटाउन नचाहेको पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बैज्ञानिक पुनले मन्त्री खड्कालाई हटाउने अन्तिम विकल्प जनआन्दोलन भएको बताएका छन् ।

मन्त्री खड्काको पार्टी कांग्रेस वा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाउने छाँटकाँट नदेखाएकाले जनआन्दोलन गर्न उनले आह्वानसमेत गरेका छन्।

वैज्ञानिक पुनलेसामाजिक सञ्जालमा लेखेका छन्–‘ऊर्जामन्त्रीजस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’

मन्त्री खड्काले आजै विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका थिए ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले प्राधिकरणको वित्तीय अवस्थाबारेमा अन्यौल भइरहेको अवस्थामा विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन्।

मन्त्री खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरेका थिए। उनले अव प्राधिकरणको चाडै अडिट हुने जानकारी दिए।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले संस्था नाफा गएको तथ्य सार्वजनिक गरेको भएपनि हालका निर्देशक जितेन्द्र शाक्यले प्राधिकरण आउने वित्तिकै ५ अर्ब घाटामा रहेको बताएका थिए ।

कुनै पनि हालतमा कुलमानलाई हटाउन लागि परेका मन्त्री खड्काले शाक्यको समर्थन गर्दै प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077