Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सभापतिलाई माइक प्रहार गरेकी माओवादी सांसद भन्छिन्–रिसको बदला रिस नै लिएको हुँ

सभापतिलाई माइक प्रहार गरेकी माओवादी सांसद भन्छिन्–रिसको बदला रिस नै लिएको हुँ

बुधवार , जेठ ८, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले संसदीय समितिको बैठकमा माइकको झट्टी हानेकी छन् ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साहलाई बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद मियाँले झट्टी हानेकी हुन् ।

बैठक सकिन लाग्दा पुगेकी कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भनेका थिए ।

लगत्तै, उनीहरूबीच केहीबेर भनाभन भयो र कुसारीले बोल्न लागेको माईकले नै झट्टी हानिन् ।

सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको हो ।

बैठकमा ढिलो आएर पनि विषयवस्तु भन्दा फरक कुरा गरेपछि विवाद र भनाभन भएको स्वीकार गर्दै सभापति साहले आजको घटनामा छानबिन गरेर सांसद कुसारीलाई कारबाही गरिने बताए ।

सभापति साहले भने–‘माइकमा के कति क्षति भएको छ त्यो हेर्न सचिवालयलाई भनेको छु । कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

यता, कुसारीले भने भनाभान भएको स्वीकार गर्दै भनेकी छन्–‘सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ ।’

हिजो नै आफूले सभापतिलाई आफू बैठकमा ढिला आउने जानकारी गराएको बताउँदै उनले भनिन्–‘बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन । ७ बजे बैठक राखेर संसदको कर्मचारीलाई दुःख दिएको छ । हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ । १०–११ बजे बैठक राखेको भए पनि हुने हो । बिहान राति बैठक राख्नुपर्ने थिएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077