Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ ।

आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077