काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।
लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरू र जोशीतर्फका अधिवक्ताहरूले बहस सकिएको हो ।
बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थिएन् । आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका छन् ।
लामिछानेतर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए ।
अहिले जोशीतर्फका अधिवक्ताको पनि बहस सकिएर सरकारी वकिलहरूले जवाफी बहस गरिरहेका छन् । सरकारी वकिलतर्फको बहस अन्तिम चरणमा छ ।
त्यसपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । यो बहस सकिएपछि बल्ल आदेश आउने छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा अहिले बहस भइरहेको छ ।
लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।