Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

द्वन्द्वपीडितले बाबुराम भट्टराईलाई ‘हत्यारा’ भनेपछि...

द्वन्द्वपीडितले बाबुराम भट्टराईलाई ‘हत्यारा’ भनेपछि...

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा द्वन्द्वपीडितको आलोचनापछि कार्यक्रमस्थल छाडेर बाहिरिएका छन् ।

नेपाल मानवअधिकार संगठनले लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना गरेको उक्त कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओवादी पक्षका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए।

कार्यक्रमको सुरुआतमा बोल्दै डा. भट्टराईले सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’ को सिद्धान्त अपनाउनुपर्ने धारणा राखेका थिए ।

उनले द्वन्द्वकालमा भएका मृत्युमध्ये ८० प्रतिशत नेपाली सेनाको कारबाहीमा भएको र बाँकी २० प्रतिशत मात्रै माओवादी पक्षबाट भएको दाबी गरे।

तर उनका यिनै अभिव्यक्तिलाई लिएर सहभागी द्वन्द्वपीडितहरूले तीव्र आपत्ति जनाउँदै उनलाई ‘हत्यारा’ भन्ने जस्ता आरोप लगाएपछि डा. भट्टराई कार्यक्रमस्थलबाट लुकीछिपी बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077