Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बुधवार , जेठ १५, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुन अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम मध्य र उत्तरी बङ्गालको खाडीको केही क्षेत्रका साथै त्रिपुरा, मनीपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म फैलिएको छ ।

बङ्गालको खाडी र उत्तरपूर्वी भूभागका बाँकी भूभाग तथा पश्चिम बङ्गाल र सिक्किमका केही भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

आज दिउसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077