Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ६ लाख ७० हजार रुपैयाँ बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनी सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077