Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्र गोताखोरका दुईजना सप्तकोशीमा बेपत्ता, खोजी कार्य जारी

सशस्त्र गोताखोरका दुईजना सप्तकोशीमा बेपत्ता, खोजी कार्य जारी

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा डोटीका जवान सुरज साउद र झापाका हरदेव राजवंशी रहेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।

घटना बिहीबार अपराह्न करिब ४ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ५४ र ५५ नम्बर ढोकाको उत्तरतर्फको क्षेत्रमा भएको हो ।

कोशी ब्यारेज क्षेत्रमा उनीहरुको खोजी कार्य तीव्र पारिएको छ । सशस्त्र प्रहरी बलले बेपत्ता गोताखोरको खोजीका लागि थप दक्ष टोली परिचालन गरिएको बताएको छ ।

बेपत्ता साउद र राजवंशी दुवै गोताखोरका अनुभवी प्रशिक्षक भएको र उनीहरूले बिहीबार बिहानदेखि नै अन्य प्रशिक्षार्थीलाई तालिम दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077