काठमाडौं । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा हिनामिना प्रकरणमा व्यवसायी विरेन्द्रलाल श्रेष्ठलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ ।
सो गिरोहसँग मिलेर हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रिमा संलग्न भएको आरोपमा उनीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
काभ्रेको बनेपामा रहेको कित्ता नम्बर ४४४ र ५५१ को जग्गा उनले पतञ्जलीसँग खरिद गरी अमित श्रेष्ठलाई बिक्रि गरेका थिए । सोही आधारमा मिलेमतो देखिएपछि उनलाई पनि मुद्दा चलाइएको छ ।
मिटरब्याजीका रुपमा चिनिने श्रेष्ठ अवैध कारोबारबाट करोडपति बनेका व्यक्ति हुन् ।
आयोगले सो प्रकरणमा बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।