काठमाडौं । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि छानविन गर्ने भएको छ । सो कम्पनीले भारतबाट अवैध रकम भित्राएको आशंकामा सिआइबीले अनुसन्धान अघि बढाउन लागेको हो ।
सो कम्पनीले अवैध रुपमा हदबन्दीभन्दा धेरै घरजग्गा खरिद गरेको प्रकरणमा आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।
अनुसन्धानको क्रममा सो कम्पनीले एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको खातामा भारतबाट बिप्रेषणका नाममा अरबौं पैसा ल्याएको देखिएको छ ।
कतैबाट अनुमति नलिई सो रकम ल्याएको देखिएकाले नेपाल राष्ट्र बैंक ऐन, बैंकिङ कसुर ऐन तथा विनिमय ऐन आकर्षित हुने भन्दै आयोगले सिआइबीले बिहीबार नै पत्राचार गरेको हो ।
बाबा रामदेवले भारतमा कमाएको पैसा लुकाउनका लागि नेपालमा अवैध रुपमा भित्राएर जग्गामा लगानी गरेका हुन् । सो कम्पनीका नाममा दुई हजार पाँच सय रोपनी जग्गा भेटिएको छ । सो कम्पनीका नाइके शालिग्राम सिंह हुन्।