काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् उद्धार अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न निर्देशन् दिएका छन् ।
सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेकाबेला गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताउँदै उनले भने, ‘आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी छ ।’
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला परेको छ भने हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ ।